काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान संविधान र यसअन्तर्गतको प्रणालीबाट देशमा देखिएका समस्याको समाधान सम्भव नरहेको स्पष्ट पारेको छ। प्रतिनिधिसभा–२०८२ का लागि चुनावी संकल्पपत्र सार्वजनिक गर्दै पार्टीले देशको अवस्था बदल्न वर्तमान संविधान संशोधन नै एकमात्र विकल्प भएको दाबी गरेको हो।
संकल्पपत्रमार्फत राप्रपाले आफूलाई संविधान निर्माणमा बलियो हस्तक्षेप गर्न सक्ने शक्तिका रूपमा स्थापित गर्न ‘एक पटक र यसैपटक’ पार्टीलाई मत दिन आह्वान गरेको छ। साथै नेपाल लाई कहिल्यै बन्द नगर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘नेपाल बन्द सधैंका लागि बन्द’ भन्ने मूल नारा अघि सारेको छ।
संकल्पपत्रमा नेपाल बन्दको संस्कृतिले देशको आर्थिक विकास र सामाजिक जनजीवनमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यस्तो कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएको छ। स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी–वितरणलगायत औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने पनि उल्लेख गरिएको छ। साथै नवयुवा पुस्ताका मुख्य माग र चाहनालाई प्रभावकारी रूपमा सम्बोधन गरिने विश्वास पनि पार्टीले दिलाएको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया