काठमाडौं । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरमा घरायसी विवादका क्रममा दुई दिदीबहिनीबीच झगडा हुँदा एक महिलाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो भएको घटनामा स्थानीय खम्बसिंह लिम्बूकी २९ वर्षीया छोरी अन्जली लिम्बू र उनका ठूलोबुबा/काकाकी छोरी ३७ वर्षीया पुष्पा लिम्बूबीच सामान्य विवाद चर्किँदै कुटाकुटमा परिणत भएको प्रहरीले जनाएको छ। विवादका क्रममा कपाल लुछालुछसहित हात हालाहाल भएको बताइएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालय इलाम का अनुसार दिउँसो करिब ३ बजेतिर भएको झगडापछि अन्जली लिम्बू गम्भीर घाइते भएकी थिइन् र घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको थियो। थप परीक्षणका लागि शनिबार दिउँसो शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

झगडामा संलग्न पुष्पा लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय मंगलबारेमा राखेर सोधपुछ तथा विस्तृत अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com