झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले झापामा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै चुनावको वातावरण अझै पूर्ण रूपमा तयार नभएको टिप्पणी गरेका छन्। उनले अहिलेसम्मको अवस्था हेर्दा तोकिएको समयमा ढुक्कसँग निर्वाचन हुनेमा संशय रहेको बताएका छन्।
ओलीले भने, “चुनाव हुने भयो भने हामी भाग लिन्छौं, तर चुनावको वातावरण यसै भन्न सकिन्नँ, अझै पनि तयार भएको छैन।” सञ्चारकर्मीको प्रश्नमा उनले थपे, “चुनाव त हुन्छ भन्ठान्छु अब।”
उनी झापा क्षेत्र नं. ५ का उम्मेदवारको रूपमा मतदाता भेटघाट र अन्य निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थलमा पुगेका थिए। यस क्रममा उनले बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तिहरू थोरै सिटमा समेटिने सम्भावनाबारे चर्चा गरे। साथै, ओलीले आगामी निर्वाचनका लागि सबै मतदाताको घर–घरमा पुग्ने प्रयास गर्ने बताए।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया