काठमाडौं । आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा भारतीय ओपनर इशान किशनले सानदार अर्धशतक प्रहार गरेका छन्।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा भइरहेको रोमाञ्चक खेलमा किशनले आक्रामक ब्याटिङ गर्दै भारतको पारी सम्हालेका हुन्।

advertisement

किशनले मात्र ३० बलको सामना गर्दै अविजित ५४ रन बनाएका छन्। उनको यो विस्फोटक पारीमा ८ चौका र २ छक्का समावेश छ।

१८० को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका किशनले पाकिस्तानी तीव्र गतिका बलर र स्पिनर दुवैलाई दबाबमा राखेका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतको सुरुवात भने सुखद रहेन।

पहिलो ओभरको अन्तिम बलमा ओपनर अभिषेक शर्मा शून्य रनमा आउट भएपछि भारत दबाबमा देखिएको थियो।

तर, किशनले तिलक वर्मासँग मिलेर दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै भारतलाई ६० रनको स्कोर पार गराएका छन्।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com