काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै जाँदा बालेन शाह पुनः चुनावी कार्यक्रममा सहभागी हुन क्षेत्रमै पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता समेत रहेका शाह केही दिनको देशव्यापी कार्यक्रमपछि विराटनगर हुँदै झापा फर्किएका हुन्।
यसअघि उनले तीन दिनसम्म झापा–५ मा रहेर चुनावी अभियान सञ्चालन गरेका थिए। अहिले पुनः क्षेत्रका विभिन्न स्थानमा घरदैलो, भेटघाट तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने उनको कार्यक्रम रहेको बताइएको छ।
रास्वपाले झापा–५ लाई रणनीतिक महत्वको क्षेत्रका रूपमा लिँदै आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएको जनाएको छ। यस क्षेत्रमा प्रभावशाली नेताहरूको सक्रियता बढ्दै जाँदा चुनावी प्रतिस्पर्धा थप रोचक र कडा हुने संकेत देखिएको छ। साथै, मतदातामा समेत चुनावप्रति उत्साह बढ्दै गएको छ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया