काठमाडौं ।  पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ।

आइतबार राति मलंगवा नगरपालिका–१०, सर्लाहीमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि चिकित्सकले उपचार सम्भव नभएको भन्दै मृत घोषणा गरेका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साह का अनुसार यादवको छातीमा गोली लागेको थियो।

advertisement

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

सिराहा निवासी यादव कार्यालय नजिकै मलंगवा–१० मा डेरा गरी बस्दै आएका थिए। उनका अनुसार, घरमा कोठामै रहेका बेला कसैले बाहिर बोलाए र घरको गेट बाहिर पुगेको बित्तिकै अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए। घटना पछि आक्रमणकारी फरार भएका छन्। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com