काठमाडौं। जेनजी आन्दोलनको क्रममा काठमाडौंका विभिन्न कारागारबाट फरार भएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत भदौ २४ गते फरार भएका उनीहरूलाई आज सार्वजनिक गरेको छ।

advertisement

पक्राउ पर्नेमा रसुवाको उत्तरगया निवासी ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी निवासी २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वास निवासी २३ वर्षीया बविता तामाङ, काभ्रेपलाञ्चोकको ठाँटीपोखरी निवासी २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ निवासी भुवन तामाङ, सिन्धुलीको फिक्कल निवासी भुवन तामाङ र भारतीय नागरिक रोशन साह रहेका छन्।

प्रहरी प्रवक्ता एवं उपरीक्षक पवनकुमार भट्टराईका अनुसार फरार सातै जनालाई सम्बन्धित कारागारमा फिर्ता पठाइएको छ। उनीहरू विभिन्न मुद्दामा कारागार जीवन बिताइरहेका थिए।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com