ललितपुर। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन्।
सोमबार ललितपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए। उनले भने, ‘यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा हामीले १५१ सिटको लक्ष्य राखेका छौं। यसपटक रास्वपाको एकलौटी सरकार बन्दैछ।’
खरेलले फागुन २१ को चुनावले केवल सरकार र संसद निर्माण मात्र नभई नेपालको भाग्य र भविष्यको आधारशिला तयार गर्ने बताएका छन्। उनले ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाले जित्ने दाबी पनि गरे।
त्यसैगरी, उनले ललितपुरको सम्पदा आफ्नो जीवनभन्दा पनि प्यारो भएकाले यसको संरक्षण गर्नु जनताको पहिलो दायित्व रहेको बताए। ललितपुर महानगरपालिकामा रास्वपाका सभापति ललित महर्जनले पनि पार्टीले अत्याधिक बहुमत हासिल गर्ने दाबी गरे। उनले घरदैलो कार्यक्रममा मतदाताले चुनावी माहोललाई पूर्ण साथ दिएको जानकारी दिएका थिए।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया