काठमाडौं । ललितपुरस्थित कारागार कार्यालय नख्खुबाट फरार भएका बलात्कार मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–७ फस्कु घर भएका २२ वर्षीय अनिष भुजेल उर्फ अशोक रहेका छन्।

advertisement

जिल्ला प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार भोलढोका बस्दै आएका भुजेललाई आइतबार साँझ लगनखेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते उनी नख्खु कारागारबाट फरार भएका थिए। १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले उनलाई १२ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

पक्राउपछि उनलाई पुनः थुनामा राख्न नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com