चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन तथा सुकुमवासी समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार चितवनको आँपटारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीको नेतृत्वमा स्थायी सरकार गठन भएपछि भूमिहीन समस्या समाधानका लागि विशेष आयोग गठन गरिने बताएका हुन्।
उनका अनुसार उक्त आयोगमा कुनै पनि राजनीतिक दलका प्रतिनिधि नराखी स्वतन्त्र तथा विषयविज्ञ व्यक्तिहरूलाई समावेश गरिनेछ।
सभापति लामिछानेले लामो समयदेखि भूमिहीन र सुकुमवासीको समस्या राजनीतिक रूपमा मात्र प्रयोग हुँदै आएको उल्लेख गर्दै अब यसलाई स्थायी समाधानको दृष्टिकोणबाट सम्बोधन गर्न आवश्यक रहेको बताए।
उनले आगामी सरकारले नीति, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित व्यवस्थापन सुनिश्चित गर्ने स्पष्ट पारेका छन्।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया