काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ६५ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ६ का धर्मप्रसाद राई, सोही नगरपालिका ५ का गोविन्दप्रसाद निरौला, काठमाडौंको तारकेश्वर नगरपालिकाकी निमा डोल्मा लामा र गोरखाको गण्डकी नगरपालिकाका सुरजबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईले अस्ट्रिया पठाइदिने भन्दै पाँच लाख ८५ हजार, निरौलाले टर्की पठाइदिने भन्दै दुई लाख, लामाले बेलायत पठाइदिने भन्दै ५० लाख र श्रेष्ठले रोमानिय पठाइदिने भन्दै साढे सात लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

advertisement

पीडितहरूको उजुरीका आधारमा काठमाडौंका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com