कास्की । कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित यस मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले सुरुमा रवि लामिछानेसहितका प्रतिवादी विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दर्ता गरी मुद्दा फिर्ता मागेको थियो।

advertisement

सोमबारको सुनुवाइमा जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको निर्णय तत्काल लागू नगर्ने आदेश जारी गरेको हो। इजलास अधिकृत गुरूदेव आचार्यका अनुसार, सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट दायर भएकाले जिल्ला अदालतले सर्वोच्चको आदेश आएपछि मात्र मुद्दा फिर्ता गर्ने निर्णय गर्न सक्नेछ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि रवि लामिछानेविरुद्धको सोही मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते निर्णय गर्दै सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने आदेश दिएकी थिइन्। तर, उक्त निर्णयविरुद्ध युवराज पौडेल (सफल)ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रवि लामिछाने विरुद्ध रूपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन्। अदालतले अब सर्वोच्च अदालतको आदेश पर्खेर मात्रै मुद्दा फिर्ता हुने निर्णय गर्न सक्नेछ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com