काठमाडौं । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रहरीका अनुसार उनलाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले प्रसाईंलाई पक्राउ गरी परिसरमा ल्याइएको जानकारी दिएका छन्। उनीमाथि निर्वाचन बिथोल्ने खालका अभिव्यक्ति दिएको आरोप लगाइएको प्रहरी स्रोतले जनाएको छ।

advertisement

यसअघि पनि प्रसाईं २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका थिए। त्यसपछि उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए।

पछिल्लो पटक पुनः सोही प्रकृतिको आरोपमा उनलाई फेरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com