सुनसरी । धरान उपमहानगरपालिका–२० विष्णुपादुका क्षेत्रको बरडाँडाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलबार बिहान गरिएको विशेष जाँचका क्रममा दुई वटा सवारीसाधनबाट करिब ९ सय ५५ केजी गाँजा फेला परेको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईका अनुसार बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप भ्यान र बीएसी ३२३६ नम्बरको गाडीबाट लागूऔषध बरामद गरिएको हो। पिकअपबाट ३३ पोका र अर्को गाडीबाट २३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।

advertisement

घटनामा संलग्न रहेको आरोपमा चन्द्रागिरी नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठ र बाराको कोल्वी नगरपालिका–८ का २८ वर्षीय सन्दीपकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेका ती सवारीसाधनहरू शंकास्पद देखिएपछि चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको डीएसपी राईले बताए।

यसअघि सोमबार मात्रै धरानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको थियो। प्रहरीले लागूऔषध नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com