काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले चितवन–३ बाट सोविता गौतमलाई उम्मेदवार बनाउनु अत्यन्त आवश्यक भएको बताएका छन्। मंगलबार चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा सुरु भएको क्रान्तिलाई निर्णायक मतमा परिणत गर्न सोवितालाई उम्मेदवार बनाइएको स्पष्ट पारे।

लामिछानेले भने, ‘चितवन त्यस्तो भूमि हो जहाँबाट क्रान्तिको बिगुल फुक्यो। सोविता चितवनमा आउनु अनिवार्य थियो, ताकि त्यो क्रान्तिलाई निर्णयमा बदल्न सकियोस्। यो निर्णय सिंगो पार्टीको हो।’

advertisement

उनले सोवितालाई ‘नाममात्रको होइन, वर्तमान पुस्तालाई प्रेरणा दिने साहसी महिला’ भएको उल्लेख गर्दै चितवनबाट एउटा सन्देश दिनका लागि उनी यहाँ ल्याइएको बताए। लामिछानेले भने, ‘सोविता सिंगो देशकी छोरी भएकी छिन्। हामीले चितवनबाट देशलाई सन्देश दिनुपर्ने भएकाले उनलाई यहाँ ल्याएका हौं।’

सभामा उनले मत परिणामले देश र जनताका लागि निर्णायक भूमिका खेल्ने बताए। ‘यसपटक परिणामले मात्र मतपरिणाम देखाउने छैन, तर देश र जनताले वास्तविक विजय पाउनेछ। जसरी तपाईंहरूले अन्यायमा न्याय दिएर हुर्काउनुभयो, म त्यसको ऋणी छु। अब सत्य र इमानको बलमा साथीहरूलाई संसद् पुर्‍याउनेछु,’ लामिछानेले बताए।

उनले यस चुनावलाई केवल पार्टीको जित नभई देश र जनताको जितको रूपमा चित्रण गर्दै, ‘मुलुकले यसपटक मतपरिणाम मात्र खोजेको छैन। यसपटक देश जित्छ, जनताले जित्छ,’ भन्दै विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com