सुर्खेत। प्रहरीले हवाई फायर गरी एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
गएराति करिब १० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि लागुऔषध नियन्त्रण कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले कारबाही गरेको हो।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्न प्रयास गरेपछि हवाई फायर गर्नुपरेको थियो।
पक्राउ पर्नेमा सुर्खेत चिङ्गाड गाउँपालिका–४ निवासी ४७ वर्षीय ललित चन्द रहेका छन्।
उनको साथबाट ३७ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चन्दमाथि म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया