काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

मंगलबार राप्रपाको प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी प्रसाईंको पक्राउ संविधानविरुद्ध भएको दाबी गर्दै तत्काल रिहाइको माग राखेको हो। पार्टीका कार्यसम्पादन समिति सदस्य निरञ्जन थापाका अनुसार प्रतिनिधिमण्डलले मौलिक हकको प्रयोगकै आधारमा कसैलाई पक्राउ गरी नजरबन्दमा राख्नु उचित नहुने धारणा गृहमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो।

advertisement

प्रतिनिधिमण्डलको भनाइ उद्धृत गर्दै थापाले बताएअनुसार गृहमन्त्री अर्यालले भने प्रसाईंविरुद्धको मुद्दा अदालतमा प्रवेश गरिसकेको र अब कानुनी प्रक्रियाअनुसार अदालतबाटै टुङ्गो लाग्ने बताएका थिए।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com