काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र- ५ को विकास र समृद्धिका लागि भन्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

मंगलबार नेकपा एमाले क्षेत्र नम्बर ५ झापाले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

advertisement

प्रतिबद्धतापत्रमा यस क्षेत्रका भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा र सुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।

त्यस्तै विगतमा आफ्नै नेतृत्वको सरकारले अघि सारेका लोकप्रिय कामहरूको जगमा उभिएर बाँकी रहेका अधुरा योजनाहरू पूरा गर्ने अठोट एमालेले लिएको छ ।

विशेषगरी, देशमा व्याप्त राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने कुरालाई पार्टीले उठाएको छ। समसामयिक प्रविधिको सन्दर्भमा, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी नियमनको आवश्यकतालाई समेत प्रतिवद्धता–पत्रमा समेटिएको छ।

रतुवा, मावा र कमल खोला लगायतका विभिन्न नदीहरूमा तटबन्धन गरी नदी कटान नियन्त्रण गर्ने र पक्की पुलहरू निर्माण गरी आवागमन सहज बनाउने योजना अघि सारिएको छ।

भौतिक पूर्वाधारको क्षेत्रमा एमालेले यस क्षेत्रका मुख्य सडक र पुलहरूको निर्माणलाई विशेष प्राथमिकता दिएको छ। दमक–चिसापानी–रवि सडकखण्डको निर्माण कार्यलाई पूर्णता दिने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडकको स्तरोन्नति गर्ने र हुलाकी मार्ग अन्तर्गत माई नदीको पुलको अधुरो काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com