काठमाडौं । एकतापछि नेपाली कम्युनिष्ट पार्टी बनेको घटक नेकपा एससम्बद्ध युवा संघका अध्यक्ष रोशन थापा रास्वपामा प्रवेश गरेका छन् ।
गत वर्ष झलनाथ खनाल पक्षका संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई हटाएर माधव नेपाल पक्षका थापा अध्यक्ष भएका थिए ।
उनी रास्वपाद्वारा नुवाकोटमा आयोजित कार्यक्रममा रास्वपा प्रवेश गरेका हुन् ।
पार्टी एकता भए पनि जनसंगठनबीचको एकता भएको थिएन । अध्यक्ष नै अर्को पार्टीमा गएपछि उक्त संघ नेतृत्वविहीन भएको छ ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया