काठमाडौं । सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’मार्फत तीनजना लागुऔषध कारोबारका आरोपीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजङ्ग बुढ्थापाले आज बिहान चिङ्गाड गाउँपालिका–४, का ४७ वर्षीय ललित चन्दलाई हवाई फायर गरेर नियन्त्रणमा लिनुपरेको जानकारी दिए।

advertisement

उनको साथबाट ३६ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। प्रनाउ बुढ्थापाका अनुसार सोमबार बेलुका ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका–८ मा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोलीले चन्दलाई शङ्सस्पद अवस्थामा फेला पारेको थियो।

“उसलाई हामीले नियन्त्रण गर्न खोज्दा हामीलाई नै उल्टै हातपात तथा आक्रमण गरी ठुलो मात्राको लागुऔषधसहित भाग्न खोज्यो,” डिएसपी बुढ्थापाले भने, “त्यसपछि प्रहरी टोलीले बल प्रयोगस्वरूप एक राउण्ड हवाई फायर गरेको हो।”

चन्दलाई आज मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बुढ्थापाले बताए। त्यसैगरी सोमबार राति नै ९ बजेतिर ८ ग्राम ६ मिलिग्राम लागुऔषधसहित अन्य दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ की २० वर्षीया माया नेपाली र २८ वर्षकी सङ्गीता विक रहेका छन्। उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको डिएसपी बुढ्थापाले बताए।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com