काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा मंगलबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्
एसपी भट्टराईका अनुसार बास्तोला हाल प्रहरीको कस्टडीमा रहेका छन्। नेकपा बहुमतले प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने नीति सार्वजनिक गर्दै विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन गर्दै आएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया