काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढी पुगेका छन्।

बुधबार धनगढी वडा नम्बर-१ स्थित खुला चौरमा भइरहेको रास्वपाको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन धनगढी पुगेका हुन्। जहाँ रास्वपाका हजारौं कार्यकर्ताको भीड लागेको छ।

advertisement

भेला अघि रास्वपाले धनगढीस्थित ट्राफिक चौराहादेखि आयोजना स्थलसम्म र्यालीको आयोजना गरेको थियो।

रास्वपाको र्यालीका कारण धनगढी बजार क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ। कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका ९ वटै जिल्लाबाट रास्वपा नेता, कार्यकर्ता धनगढी पुगेका छन्।

चुनावी सभालाई रास्वपाका सभापति लामिछाने र नेता बालेनले सभालाई सम्बोधन गर्ने छन्।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com