काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।
मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले उक्त कार्यविधि तयार गरी लागू गरेको हो।
कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्नेछ। आवश्यकताअनुसार यस्तो सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था पनि गरिएको छ।
नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारी, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिनेछ।
त्यसैगरी, यदि कसैको नाम छुटेको वा नाम तथा विवरणमा त्रुटि भएको अवस्थामा सम्बन्धित व्यक्तिले आवश्यक प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिई आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया