काठमाडौं। टुँडिखेलमा प्रजातन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले भुइँमान्छे उपेक्षित भइरहँदा लोकतन्त्रको आत्मा सुक्दै जाने चेतावनी दिएकी छन्।

प्रधानमन्त्री कार्कीले सत्तामा रहेका केही व्यक्तिहरूले विलासी जीवन बिताउँदै अन्य नागरिकलाई उपेक्षित गरिरहेको भन्दै यस्तो अवस्था लोकतन्त्रको लागि घातक भएको बताइन्। उनले भनिन्,

advertisement

जहाँ भुइँमान्छे उपेक्षित छ, सीमान्त नागरिक अपमानित छन् र सत्ताको स्वादमा विलासी जीवन बिताइरहनेहरूको हैकम चलिरहन्छ, त्यहाँ लोकतन्त्रको आत्मा सुक्दै जान्छ। अझ सीमान्तकृत, पहुँचहीन र वञ्चित समुदायमाथि अन्याय, विभेद र बहिष्करण कायम राखेर लोकतन्त्र जीवित रहन सक्दैन।

प्रधानमन्त्री कार्कीले २००७ सालदेखि ०१७, २०३६, २०४६, २०६२/६३ र २०८२ सम्म पनि जनता सडकमा उत्रिनु परेको ऐतिहासिक घटनाहरू स्मरण गर्दै लोकतन्त्रको व्यवहार र संस्कार संस्थागत गर्न नसकिएको बताइन्।

उनले संविधानमा समानता लेखिए पनि व्यवहारमा विभेदलाई प्रोत्साहन दिइएको, एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहेको, स्रोत–साधनमा एकाधिकार जमाइरहेको र राज्य संरचनामा पजनी चलाइरहेको अवस्था अन्त्य हुन नसकेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले अपसंस्कृतिले राज्यप्रति विश्वास घटाउने र विद्रोह जन्माउने समेत चेतावनी दिँदै बजेट वितरण, समानुपातिक निर्वाचन प्रणाली, छात्रवृत्ति र रोजगारीमा गरिएको पक्षपात उदाहरणका रूपमा उल्लेख गरिन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीको सम्बोधनले लोकतन्त्रको व्यवहारिक कमजोरी, सामाजिक असमानता र सुधारको आवश्यकता माथि जोड दिएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com