काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढ्न नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले निरंकुश शासनविरुद्ध नेपाली जनताले गरेको ऐतिहासिक सङ्घर्ष र बलिदानीको स्मरण गरेकी हुन्।

जनताको एकताबद्ध शक्तिले नै लोकतन्त्र र राजनीतिक स्वतन्त्रता सम्भव भएको भन्दै उनले यस दिनलाई प्रेरणाको स्रोतका रूपमा चित्रण गरिन्। भण्डारीले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा मात्र नभई जीवन पद्धति र संस्कारका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिएकी छिन्।

advertisement

संविधानले दिएका अधिकार र कर्तव्यको सन्तुलित प्रयोग गर्दै लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ। उनले लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि सबै नागरिक निरन्तर सचेत र प्रयासरत रहनुपर्ने उल्लेख गरेकी छिन्।

विशेष गरी वर्तमान राजनीतिक परिस्थितिलाई नियाल्दै पूर्व राष्ट्रपति भण्डारीले आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको महत्त्वबारे चर्चा गरेकी छिन्। उक्त निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय ढङ्गले सम्पन्न गराउनु सबै सरोकारवाला र नागरिकको साझा जिम्मेवारी भएको उनले स्पष्ट पारिन्।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com