काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सुरक्षालाई ‘कोखदेखि सुरु गरेर मृत्युशय्यासम्म’ पुर्‍याउने योजना सार्वजनिक गरेका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित पार्टीको प्रतिज्ञापत्रबारे बिहीबार (फागुन ७) काठमाडौंमा आयोजित प्रश्नोत्तर कार्यक्रममा उनले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउँदै कोखदेखि मृत्युशय्यासम्म जोड्ने गरी योजना बनाइएको बताए ।

advertisement

सामाजिक सुरक्षाको पहुँच कोखदेखि मृत्युशय्यासम्मका सम्पूर्ण आवश्यकतासँग जोड्न सक्नुपर्छ,थापाले भने, कोखमा हुँदा प्राप्त गर्नुपर्ने पौष्टिक, बच्चा जन्मिसकेपछि उसले प्राप्त गर्नुपर्ने पोषण, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवासहित सबै विषय सामाजिक सुरक्षामा समेट्न सक्नुपर्छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com