काठमाडाैं । बिहिबार दिउँसो जुम्लामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।

दिउँसो १२:५ बजे तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप गती अनियन्त्रित भएर सडकबाट करीव ५० मिटर तल खसेको थियो।
दुर्घटना लगत्तै निर्वाचन क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले निर्वाचन प्रहरी समेतको सहयोगमा उद्धार गरेको हो।

advertisement

घाइतेहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको जुम्लाका सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णु प्रसाद भट्टले बताए।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com