काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच नगर्नुपर्ने बताएका छन्।
कर्णालीको सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक समारोहमा सम्बोधन गर्दै लामिछानेले भने,
“जतिबेला जनता जाग्यो, त्यतिबेला कचकच गर्न पाइँदैन। सबै मिले हुन्छ। रास्वपा एक्लै लड्छ। रास्वपासँग डराउनुपर्ने जो हो डराए हुन्छ, जनता डराउनुपर्दैन।”
उनले रास्वपाको उद्देश्य विश्वविद्यालयमा दलका ब्यानर राखेर पढाइ रोक्ने नभई, ठेक्का लिएको बाटो समयमै निर्माण गर्न सक्ने वातावरण सिर्जना गर्नु रहेको बताए।
यो टिप्पणीले रास्वपाको स्वतन्त्र र कार्यमुखी दृष्टिकोण, साथै जनता केन्द्रित अभियानमा पार्टीको दृढता झल्काएको छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया