काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको बताएका छन् । राससको ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार उनले यस्ताे बताएका हुन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउने कार्यमा सञ्चारजगतको भुमिका महत्वपूर्ण हुने बताए । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता संवैधानिक मूल्य मान्यताहरूको पक्षपोषणमा सञ्चारजगत खरो उत्रिनुपर्नेमा जाेड दिए।
उनले आग्रह र पूर्वाग्रहबाट मुक्त भई रूपान्तरित सोचका साथ राष्ट्रिय हितमा कार्य गर्न सञ्चारकर्मीहरूलाई आह्वान गरे ।
आधुनिक प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा ल्याएको चुनौतीलाई अवसरका रूपमा बदल्न राससले आफ्नो व्यावसायिक आचरणलाई परिष्कृत र परिमार्जित गर्नुपर्नेमा उनको जोड छ ।
उपराष्ट्रपति यादवले राजनीति केन्द्रित समाचारका साथै शिक्षा, स्वास्थ्य र प्रदेशस्तरीय जनसरोकारका मुद्दाहरूलाई पनि समान प्राथमिकता दिन सुझाव दिए ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया