काठमाडौं । युवाहरूलाई परियोजनामा आधारित ऋण दिएर मात्रै पर्याप्त नहुँने नेपाली कांग्रेस सभापति गगन थापाले बताएका छन्।
‘अहिलेसम्म युवाहरूलाई परियोजनामा आधारित ऋण मात्रै भनिएको छ। तर, मेन्टरिङ छैन, नीतिगत सहयोग छैन्,’ थापाले भने, ‘हामीले यसमा कसरी काम गर्न सकिन्छ भने विस्तृतमा योजना बनाएका छौं।’
नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले यस्तो बताएका हुन्।
अहिले युवाले बैंकबाट ऋण पाउने अवस्था समेत नभएको उनले बताए।
थापाले भने, ‘भर्खर २० २२ वर्षको युवाको आफ्नो नाममा केही हुँदैन, बाआमाले पनि भएको थारै सम्पत्ति धितै राखेर पुँजी जुटाइदिन सक्ने अवस्था छैन।
कांग्रेसले आगामी चुनावी प्रतज्ञिापत्रमा समेटएिको विषयबारे सभापति थापासँग खुला प्रश्नोत्तर राखेको हो।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया