अछाम । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति तीखा टिप्पणी गरेका छन्। अछाम–१ का मतदातासँग भेटघाटका क्रममा उनले एमालेको वर्तमान अवस्थालाई ‘ग्रहण लागेको सूर्य’ सँग तुलना गर्दै कटाक्ष गरेका हुन्।

रावलले भने, ‘सूर्यमा पूर्ण ग्रहण लागेको छ। बनाउने हामीले हो, नेतृत्व मैले गरेको हुँ, तर अहिले केपी ओलीले त्यसलाई काम नलाग्ने खरानी बनाइदिए।’

advertisement

उनले आफूहरू विभिन्न २५ वटा कम्युनिस्ट शक्तिहरूलाई एकीकृत गरी नयाँ नेकपा गठन गरेको दाबी गर्दै मतदातालाई ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com