काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान दल कांग्रेस मात्र भएको बताएका छन्।

मोरङ–१ का कांग्रेस उम्मेदवार खड्ग फागोको पक्षमा केराबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिलेको राष्ट्रिय सङ्कटको घडीमा सिकारुलाई देश जिम्मा लगाउन नहुने बताएका हुन्। उनले परिपक्व, अनुभवी र सङ्कट व्यवस्थापन गर्न सक्ने शक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिए।

advertisement

उनले भने,

सिकारुलाई देश जिम्मा दिनुहुँदैन। राज्य सञ्चालन खेल होइन। जिम्मेवारी हाक्न, परिपक्व, अनुभवी र सङ्कट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ।

शर्माले कांग्रेस इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको दाबी गरे। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को १० वर्षे जनयुद्ध अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कांग्रेसले निर्णायक भूमिका खेलेको उनले स्मरण गराए।

उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तले देशलाई ठूलो रक्तपातबाट जोगाएको उल्लेख गरे।

संविधान निर्माणको संवेदनशील चरणमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम कांग्रेसले गरेको दाबी गर्दै शर्माले देशमा ‘आँधी हुरी’ आएको बेला अनुभवी नेतृत्व आवश्यक हुने बताए।

उनले नयाँ पुस्तामा देखिएको आक्रोश र मागलाई सम्बोधन गर्न सक्ने शक्ति पनि कांग्रेस नै भएको दाबी गरे।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com