काठमाडौ । जुम्लाको तातोपानी गाउँपालिका–६, धौलापानीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी नेपालगन्ज लगिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका २१ वर्षीय धमेन्द्र रोकाया (हिमा गाउँपालिका–२)लाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिएका छन्। साथै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुठिचौर–४ का ७० वर्षीय रत्न शाहीलाई पनि थप उपचारका लागि सोही हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको छ।
बिहीबार सदरमुकाम खलङ्गा बजारबाट कालिकोटको नाग्म बजारतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको जिप दुर्घटनामा सात जनासम्म घाइते भएका थिए।
अन्य घाइतेहरूमा तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका–४ की २१ वर्षीया माया नेपाली, तिला–२ का २१ वर्षीय पारस रावत, तातोपानी–३ की ४८ वर्षीया कुनी सुनार, तातोपानी–२ का जिप चालक लोकेश खड्का र निर्वाचन प्रहरी तिला–२ का टेकेन्द्र रावत रहेका छन्। उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया