काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आएको बताएका छन्।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ भगवतपुरमा विहीबार आयोजित कार्यक्रममा जनसमुदायलाई सम्बोधन गर्दै उनले दुई फरक विचार सिद्धान्त भएका ठूला मिलेर पार्टीहरु सरकारमा जानु नै गलत निर्णय भएको टिप्पणी गरे।

advertisement

कहीँ नभएको अभ्यास नेपालको राजनीतिमा भएको बताउँदै उनले भने ‘कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आएको हो, जनताप्रति जिम्मेवार हुन नसक्नु, सेवा, सुविधाका साथै सुशासन कायम गर्न नसक्नु सरकारको असफलताको मूल कारण हो।’

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले अतिवाद र तानाशाही प्रवृतिले गर्दा पछिल्लो विद्रोह भएको र सोको जिम्मा कांग्रेस एमालेले लिनुपर्नेमा जोड दिए।

मधेश जनविद्रोहबाट आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित भए पनि अझैं व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने ‘जनताको मत पाएर विगतमा निर्वाचित भएका जनप्रतिनिधिलाई हाम्रो गाउँठाउँको विकास किन भएन ? देशका लागि के योगदान दिनुभयो ? मधेशी, थारु, दलित लगायत उपेक्षित उत्पीडित जनताका लागि के गर्नभयो ? प्रश्न सोध्नुहोला ।’

सङ्घीय शासन व्यवस्थालाई समाप्त पार्न आफुलाई नयाँ भन्ने शक्तिले जनतालाई भ्रममा पारेर प्राप्त उपलब्धीहरुलाई समाप्त पार्न खोजेको उनले बताए । देशका शोषित, उत्पीडित, उपेक्षित एवम् पछाडि पारिएका समुदायका लागि संघर्ष गर्ने पार्टी जसपा नेपाल नै भएकोले शक्तिशाली शक्ति बनाउन आम जनतासँग आग्रह जसपा नेपालका अध्यक्ष यादवले आग्रह गरे।

शम्भुनाथ नगरपालिकाको भगवतपुर, भंगहा, जमुवा, मोहनपुर लगायतका गाउँहरुमा गाउँहरुमा घरदैलो गरिएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), पार्टीका नेता दिलकुमारी चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, समाजवादी युवा विद्यार्थीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका नेताहरु सहभागी छन्।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com