काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजना गर्न लागेको चुनावी सभा तत्कालका लागि स्थगित गरेको छ।
पार्टीकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको सभा विशेष कारणले रोकिएको हो।
हिजो दाङमा नेकपा एमालेको झण्डा जलाइएको घटनाले सम्भावित द्वन्द्वको जोखिम उत्पन्न गरेको देखिएपछि रास्वपाले सुरक्षा र परिस्थिति मूल्याङ्कन गर्दै सभा स्थगित गर्ने निर्णय गरेको जनाइएको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया