काठमाडौं । मुलुककै सर्वाधिक सफल एयरलाइन्सको दाबी गर्ने बुद्ध एयरको जहाजबाट तेल चुहिएको अवस्थामा यात्रुले समयमै सूचना दिँदा ठूलो दुर्घटनाबाट जोगिएको छ। प्राविधिकहरूको पूर्ण परीक्षणपछि उडानका लागि तयारी अवस्थामा रहेको जहाजबाट एयर फ्युल चुहिएको यात्रुले देखेपछि तत्काल उडान रोकिएको थियो।

बाराको सिमराबाट काठमाडौंका लागि उडान भर्न लागेको ९एन–एआईटी नम्बरको जहाजको देब्रे पंखा छेउबाट एयर फ्युल चुहिएको पाइएको थियो। जहाजमा सवार यात्रु सुरक्षित रूपमा उतारेर उनीहरूलाई अर्को जहाजमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।

advertisement

सिमरा विमानस्थलमा पार्किङ गरिएको जहाजको समस्याबारे अध्ययन सुरु गरिएको छ। जहाजबाट ठूलो मात्रामा तेल चुहिँदा पनि तत्काल ध्यान नदिइएको घटनाले बुद्ध एयरको मर्मत–सम्भारमा लापरवाही प्रष्ट देखाएको छ। यात्रुहरूले भने त्रासका बीच ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन्।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com