काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्दै आएकी ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
दाहालले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै एक व्यक्तिबाट ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी दाहाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया