काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनलाई फागुन २१ गते हुने निर्वाचनको भोलिपल्ट अर्थात् फागुन २२ गतेका लागि साधारण तारेख दिएको छ।

रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार अदालतले चुनावपछि सुनुवाइ अगाडि बढाउने गरी साधारण तारेख तोकेको हो।

advertisement

यसअघि कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यसपछि नेकपा एमालेका सांसद तथा नेपाली काँग्रेसले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

उक्त रिटहरूमा विपक्षी बनाइएकाहरूबाट लिखित जवाफ पेस भए पनि अदालतले हालसम्म साधारण तारेख मात्र दिएको छ। यसबीच प्रारम्भिक सुनुवाइ मात्र भएको र विस्तृत सुनुवाइ कहिले हुने भन्ने टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।

रिट निवेदनमा प्रतिनिधिसभा विघटन तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक रूपमा नियुक्त भएको दाबी गर्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न माग गरिएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com