काठमाडाैं । रौतहटको माधवनारायण नगरपालिका–७ फूलवरीया टोलस्थित सडकमा टिपरको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन्।

आज दिउँसो करिब २ः२० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क. २८२५ नम्बरको टिपरले पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट सोही स्थानकी ३० वर्षीया ईन्द्रकला कुमारी घाइते भएकी हुन्।

advertisement

घाइते ईन्द्रकलालाई तत्काल गंगापिपरास्थित बागमती अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ। हाल उनको अवस्था मध्यम रहेको जनाइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक वृन्दावन नगरपालिका–९ भुषहा बस्ने २७ वर्षीय मजिबुल हक लहेरी रहेका छन्।

प्रहरीले चालक र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com