काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका–११ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिएका छन्।

दाहालले अमेरिका पठाइदिने आश्वासन दिँदै एक जनाबाट ६ लाख ३० हजार रुपैयाँ लिएकी तर पछि सम्पर्कविहीन भएकी थिइन्। पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

advertisement

प्रहरीका अनुसार उनलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com