काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध गर्ने जनाएको छ।
प्राधिकरणका अनुसार, बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने सिनामंगल चोक र तिलगंगा क्षेत्रमा बिजुली कटौती हुनेछ। तिलगंगा आँखा अस्पताल अगाडि रहेको पोल ढल्किएकाले त्यसलाई व्यवस्थापन गर्न ११ केभी प्रसारण लाइन सटडाउन गर्न लागिएको हो।
तिलगंगा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा तथा विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२:३० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यसैगरी तिनकुने, गैरीगाउँ, सिनामंगल र विमानस्थल क्षेत्रका सबै स्थानमा दिउँसो १ बजेदेखि २:३० बजेसम्म आपूर्ति रोकिनेछ।
यस्तै, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्री निवास आसपास, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासी, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर क्षेत्रमा पनि तोकिएको समयमा विद्युत् कटौती हुनेछ।
ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया