काठमाडौं। रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले नेपाली फिल्म **‘झरीपछिको इन्द्रेणी’**को तस्बिर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

शाहले आधिकारिक खाता मार्फत फिल्मसँग सम्बन्धित तस्बिर शेयर गर्दै नेपाली चलचित्रप्रति सम्मान व्यक्त गरेका छन्। पोस्टमा उनले छोटो सन्देश लेख्दै नेपाली कला र संस्कृतिको संरक्षण आवश्यक रहेको उल्लेख पनि गरेका छन्। उनका पोस्टपछि सामाजिक सञ्जालमा समर्थक र चलचित्रप्रेमीहरूको ध्यान फिल्मतर्फ आकर्षित भएको छ।

advertisement

जेनजि पुस्ताको भावना, संघर्ष र सामाजिक चेतनामा आधारित फिल्म ‘झरीपछिको इन्द्रेणी’ बिहीबारदेखि शाहको आधिकारिक YouTube च्यानलमार्फत रिलिज भएको छ।

यो चलचित्र हास्य कलाकार **अर्जुन घिमिरे ‘पाँडे’**ले निर्देशन गरेका हुन्। पुस ४ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा निर्देशक घिमिरेको कथा, गणेश कार्कीविशाल घिमिरेको पटकथा, र बुद्ध थापाको छायाङ्कन रहेको छ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com