काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमा गत जनवरीमा भएका प्रदर्शनका क्रममा करिब ३२ हजार मानिसको ज्यान गएको दाबी गरेका छन्। उक्त विषयमा उनले पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका हुन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ट्रम्पले इरान सरकारलाई ‘उचित सम्झौता’ गर्न आग्रह गर्दै त्यहाँको अवस्थालाई अत्यन्तै दुःखद् चित्रण गरे। उनले भने, ‘इरानका नागरिक आफ्ना नेताहरूभन्दा फरक सोच राख्छन्। उनीहरू कठिन परिस्थितिमा बाँचिरहेका छन्। छोटो अवधिमै ३२ हजार नागरिक मारिएका छन्।’

advertisement

ट्रम्पले इरान सरकारले ८३७ जनालाई मृत्युदण्ड दिने तयारी गरेको दाबी गर्दै अमेरिकाको चेतावनीपछि सो निर्णय रोकिएको पनि बताए। उनका अनुसार, ‘उनीहरू ८३७ जनालाई फाँसी दिन तयार थिए। मैले स्पष्ट रूपमा चेतावनी दिएँ—यदि एक जनालाई पनि फाँसी दिइयो भने तुरुन्त कारबाही हुनेछ। त्यसपछि उनीहरूले फाँसी प्रक्रिया स्थगित गरे।’

पत्रकारहरूले इरानमाथि सम्भावित अमेरिकी आक्रमणबारे सोध्दा ट्रम्पले सीमित सैन्य विकल्पबारे आन्तरिक रूपमा छलफल भइरहेको संकेत गरे। उनले प्रत्यक्ष आक्रमणको घोषणा नगरे पनि सबै विकल्प खुला रहेको सन्देश दिएका छन्।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com