काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक दलहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन र लोकतान्त्रिक मूल्य-मान्यताको सम्मान गर्न आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले निर्वाचनको वातावरण बिथोलिने खालका गतिविधि नगर्न सबै पक्षलाई सचेत गराएका हुन्।

advertisement

पछिल्लो समय विभिन्न स्थानमा राजनीतिक दलहरू एक-अर्काप्रति अमर्यादित व्यवहार देखाउने घटनाहरू बढ्दै गएकोप्रति साम्पाङले यस्तो कार्यले लोकतन्त्रलाई कमजोर बनाउने बताए।

‘कसैले कसैको झण्डा जलाउने नगरौं ! स्वस्थ प्रतिस्पर्धा गरौं,’ उनले भनेका छन्, ‘जनताको शासन, जनशासन अर्थात् लोकतन्त्रको सम्मान गरौं !’

अध्यक्ष साम्पाङले निर्धारित समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचन सार्ने वा रोकिने खालका कुनै पनि अवाञ्छित कृत्यहरू कसैबाट हुन नहुने स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘चुनाव सार्ने या सारिनु पर्ने खाले कृत्य कसैबाट नहोस् !’

जनताले आफ्नो प्रतिनिधि छान्ने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै साम्पाङले राजनीतिक दलहरूले आफ्ना एजेन्डा र विचारका आधारमा जनताको मन जित्नुपर्ने बताएका छन्।

आवेग र प्रतिशोधको राजनीतिले समाजमा विभाजन ल्याउने भन्दै उनले शान्तिपूर्ण र मर्यादित निर्वाचनको पक्षमा उभिन सबैलाई अपिल गरेका छन्।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com