काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निर्वाचनपछिको अवस्थाबाट नयाँ समझदारीका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
आइतबार रुपन्देही–१ का उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसार कार्यक्रम अन्तर्गत धकधईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ८४ को निर्वाचन ८२ मा मात्र गरेर मुलुकका समस्याहरू समाधान नहुने बताएका हुन्। उनले निर्वाचनपछि सबै राजनीतिक दल र पक्षहरूलाई समेटेर नवीनतम समझदारीका साथ देशलाई अगाडि लैजानुपर्नेमा जोड दिए।
अध्यक्ष लिङ्देनले निर्वाचन अघि नै राजा, राजनीतिक दल र नयाँ युवा पुस्ताबीच समन्वय र समझदारी हुनु आवश्यक रहेको तर राप्रपाले सुझाव दिए पनि कसैले नसुनेको उल्लेख गरे। उनले मतदातालाई दबाबमा नपरी, विवेकपूर्ण मतदान गर्न आग्रह गर्दै भने, ‘निर्वाचनपछि मुलुकमा राष्ट्रिय समझदारी कायम राख्न सबै पक्षलाई मजबुत संकेत दिन मतदान गर्नुहोस्।’
त्यसैगरी उनले उम्मेदवारहरूले घरदैलोमा मतदातासँग सम्पर्क गर्ने समय फागुन २१ सम्म सीमित भएको हुँदा आफ्नो मत सोचविचार गरेर प्रयोग गर्न मतदातालाई आह्वान गरे।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया