काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा र प्रतीकको रक्षा तथा सम्मानका लागि आवश्यक परेको खण्डमा मान्छे जे पनि गर्न तयार रहेको बताएका छन्। उनले झण्डा जलाउने घटनालाई सामान्य विषय नभएको भन्दै आपत्ति जनाएका छन्।
आइतबार झापाको भद्रपुरमा क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सूर्य अंकित झण्डा एमालेको आन्दोलनको प्रतीक भएको उल्लेख गर्दै यसप्रति कुनै पनि प्रकारको अपमान स्वीकार्य नभएको बताए। उनले भने, “झण्डा आदर्शको केन्द्र हो, कसैको आस्था र विश्वासलाई कसैले जलाउन पाउँदैन।”
ओलीले रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरु गरेको दाबी गर्दै चुनाव नजित्ने भएपछि यस प्रकारको हर्कतमा उत्रिएको बताए। दाङमा झण्डा जलाएको घटनाले रास्वपा चुनावी वातावरण बिगार्ने प्रयास गरेको उनले स्पष्ट पारे।
कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का सयौं जेनजीहरू एमालेमा स्वागत गरिएका छन्। राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दिपक बुढाथोकीले जेनजीहरूको उत्साहपूर्ण प्रवेशले पार्टीमा थप उर्जा थपिएको बताएका छन्।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया