काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक सुरक्षा अभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा आइतबार मोटरसाइकल र्याली निकालिएको छ।
माइतीघर मण्डलामा भेला भएका राजावादी समूहले प्रसाईंको तत्काल रिहाइका लागि सरकारसँग माग राख्दै नाराबाजी गरेका थिए। उनीहरुले प्रसाईंको फागुन ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको घटनाको विरोध जनाउँदै हिन्दुराज्य नेपाल कायम गरौँ भन्ने मूल नारासहित र्याली सञ्चालन गरेका हुन्।
र्यालीमा सहभागीहरूले गणतन्त्र विरोधी नारा पनि लगाउँदै सरकारको कार्यविधि प्रति असन्तुष्टि प्रकट गरेका थिए।
माइतीघर मण्डलाबाट सुरु भएको र्याली भद्रकाली पुगेर शान्तिपूर्ण रूपमा समापन भएको छ।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया