काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले आफ्नो पार्टीबाट निर्वाचित व्यक्ति अपेक्षाअनुसार काम गर्न नसके फिर्ता बोलाइने बताएका छन्।
चुनावी अभियानका क्रममा चितवनमा आयोजित एक कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
लामिछानेले रास्वपाले कुनै व्यापारी वा बिचौलियाको स्वार्थ बोकेर नहिँड्ने दाबी गरे। पार्टीले जनताको अपेक्षा पूरा गर्न नसक्ने व्यक्तिलाई संरक्षण नगर्ने उनको भनाइ थियो।
उनले भने, यदि हामीले राम्रोसँग छान्न नसकेर रास्वपाबाट जितेर गएका व्यक्तिहरू खराब सावित भए भने सांसद बनेपछि पनि फिर्ता बोलाउँछौं। ७२ घण्टाभित्र फिर्ता गराएको उदाहरण पनि हाम्रोसँग छ। त्यसैले हामीलाई धेरै मत आवश्यक छ, ताकि आवश्यक परे निर्णय गर्न सकियोस्।
उनले मतदातासँग विश्वासका आधारमा समर्थन माग्दै पार्टीलाई बलियो बनाइदिन आग्रह गरेका छन्।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया