काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधारामा सोमबार बिहान करिब सवा १ बजे ग२ख १४२१ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो।
बस सडकबाट तल खस्दै त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौं र स्थानीय अस्पतालमा पठाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया