काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघि भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध तथा केही मोबाइल बरामद गरिएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदीका गरगहना, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेका थिए। घटनाका क्रममा चलाइएको गोली लागेर दुई जना गम्भीर घाइते भएका थिए।

प्रहरीले घटनामा प्रयोग गरिएको अटोरिक्सा पनि नियन्त्रणमा लिएको छ भने फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com